२०८३ बैशाख २४ गते , विहीबार
मेची पुलबाट खैरो हिरोइनसहित बिर्तामोडका सुब्बा पक्राउ
झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलबाट प्रतिबन्धित लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले बिर्तामोड नगरपालिका-५ स्थित धिमाल चौकका २६ वर्षीय अर्जुन सुब्बालाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुब्बालाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने लिसाईलो पदार्थ ४ ग्राम फेला परेकोले प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।