२०८३ बैशाख ३ गते , विहीबार

आईपीएलमा लखनउको विजयी सुरुवात

sajilo news
झापा
२०७९ चैत्र १९ गते , आईतबार
आईपीएलमा लखनउको विजयी सुरुवात

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई  ५० रनको फराकिलो अन्तरले हराएको छ। 

लखनउले घरेलु मैदानमा प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

दिल्लीका कप्तान डेविड वार्नरले ४८ बलमा ५६ रन बनाए पनि टिमको हार टार्न सकेनन्। दिल्लीलाई सस्तैमा समेट्न लखनउका मार्क उडले पाँच विकेट लिए। चार ओभर बलिङ गरेका उडले १४ रनमात्र खर्चिए। आवेस खान र रवि बिस्नोइले समान दुई विकेट लिए।

त्यसअघि टस हारेपछि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो। 

लखनउका ओपनर काइल मयेर्सले ७३ रन बनाएका थिए। निकोस पुरनले ३६ रन बनाउँदा आयुष बदोनीले १८, दिपक होडाले १७ र क्रुनल पण्ड्याले १५ रन बनाए। दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान दुई विकेट लिए। अक्षर पटेल र कुलदिप यादवले एक९एक विकेट लिए।

सम्बन्धित समाचार