२०८३ बैशाख ३ गते , विहीबार

भुटानसँगको हारबाट जोगियो नेपाल

sajilo news
झापा
२०७९ चैत्र १४ गते , मंगलबार
भुटानसँगको हारबाट जोगियो नेपाल

दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ ।

नेपालका लागि दीपकराज सिंह ठकुरीले ९०औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । भुटान नेपालसँगको अन्तिम समयको बराबरीसँगै प्रतियोगिताबाट बाहिरिँदा लाओसले भने फाइनलमा स्थान बनाएको छ । अब प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओस प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित समाचार