२०८३ बैशाख २४ गते , विहीबार
बिर्ताबजारमा ब्राउन सुगरसहित एकजना पक्राउ
बिर्तामोड । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एकजना फेरि बिर्ताबजारमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका- ४ बस्ने २७ वर्षीय सुरेश लिम्बू रहेका छन् । आइतबार साँझ बिर्तामोड नगरपालिका- ३ पुण्डरी चौकमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट १६ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि गत सोमवार मात्र ब्राउन सुगरसहित अर्का एकजना बिर्ताबजारमा पक्राउ परेका थिए ।