२०८३ बैशाख ३ गते , विहीबार

विराट गोल्डकप : पुलिस क्लबलाई हराउँदै सीटीएफसीको विजय सुरुवात

sajilo news
झापा
२०७९ चैत्र १० गते , शुक्रबार
विराट गोल्डकप : पुलिस क्लबलाई हराउँदै सीटीएफसीको विजय सुरुवात

नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै घरेलु टिम विराटनगर सीटीएफसीले विराट गोल्डकपमा विजय सुरुवात गरेको छ। विराटनगरमा सुरु भएको प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरी  घरेलु टोली विराटनगर सीटीएफसी विजयी भएको हो।

प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षबाट निर्धारित ९० मिनेटमा गोल हुन सकेको थिएन। खेल बराबरीमा टुंगिएपछ अतिरिक्त समयको १२०औँ मिनेटमा एक गोल गरी विराटनगरले  विजय सुरुवात गरेको हो। विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए। चैत १७ गतेसम्म सञ्चालन हुने विराट गोल्डकपमा आठ टिम सहभागी छन्।

सम्बन्धित समाचार