२०८३ बैशाख २४ गते , विहीबार

वडाअध्यक्ष र सचिव घुससहित पक्राउ

sajilo news
झापा
२०७९ चैत्र ८ गते , बुधबार
वडाअध्यक्ष र सचिव घुससहित पक्राउ

केहिबेर अगाडि जनकपुर उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष र सचिव घुसको रकम सहित एक होटलबाट पक्राउ परेको खबर छ।

जनकपुरको विवाह मण्डप पछाडि रहेको रोहन होटलबाट सो वडाका वडा अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित पक्राउ परेका हुन् । सेवाग्राहीबाट घुस लिएलगत्तै उनी दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका डिएसपी शुभाष राय नेतृत्वको टोलीले उनीहरु दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। थप विवरण आउन बाँकी छ ।
 

सम्बन्धित समाचार