२०८३ बैशाख २४ गते , विहीबार
झापामा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार किशनगञ्ज जिल्ला चटरागाछ काक्रामारी बस्ने ३४ वर्षीय ताहिर हुसेन रहेका छन् । बुधवार दिउँसो १.३० बजेको समयमा मेचीनगर नगरपालिका- ६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका हुसेनलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।