२०८१ पौष २९ गते , सोमबार

विराटनगरमा आजदेखि नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट

sajilo news
रासस
२०७९ चैत्र ४ गते , शनिबार
विराटनगरमा आजदेखि नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट

मोरङ । नेपाल–भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ। नेपाल क्रिकेट फाउण्डेसनले शुक्रबार पत्रकार सम्मेलन गरी मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्यूरो अस्पताल विराटनगरको सहयोगमा प्रतियोगिता हुन लागेको जानकारी दिएको हो। विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा चैत ४, ५, ६ र ७ गते तीन टी–२०  र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला क्रिकेट खेल प्रतियोगिता हुने छ।

फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले प्रतियोगितामा भारतको अल इण्डिया वुमन टि–२० क्रिकेट एसोसिएसन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने बताए।

उनले भारतीय टिममा विभिन्न राज्यबाट खेलाडीको सहभागिता हुने जानकारी दिए। नेपालतर्फबाट अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता रहेका महिला खेलाडी रहने छन्। प्रतियोगिताबाट दुई मुलुकबीचको खेल सम्बन्ध विकसित हुनुका साथै नेपालको क्रिकेट खेलको विकासमा सहयोग पुग्ने नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले बताइन्।

सम्बन्धित समाचार