२०८३ बैशाख ३ गते , विहीबार

नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा 

sajilo news
झापा
२०७९ चैत्र २ गते , विहीबार
नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा 

आईसीसी विश्वकप लिग टूअन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा यूएईविरुद्धको खेलमा नेपाल ‘ब्याक लाइट’का कारण ९ रनले विजयी भएको छ । जितसँगै जिम्बाबेमा हुने विश्वकप ग्लोबल छनोटमा नेपालले स्थान बनाएको छ । आईसीसी एकदिवसीय विश्वकप छनोट आगामी जुनमा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार यूएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको थियो । खराब मौसमका कारण ४५ ओभरपछि खेल हुन नसकेपछि डक वर्थ लुइस (डीएल) का आधारमा निर्णय लिइएको हो । आजको जितमा कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्शन झाको अर्धशतकले नेपाललाई विश्वकप छनोटमा पुर्‍याएको हो ।

 जितसँगै लिग २ मा तेस्रो बनेको नेपालले जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। स्कटल्यान्ड यसअघि नै लिग २ च्याम्पियन बनिसकेको छ भने ओमान दोस्रो भइसकेका छन्। नेपालले दुई खेल अगावै एकदिवसीय मान्यता जोगाइसकेको थियो।
 ग्लोबल छनोटमा नेपालले जिम्बाब्वे, नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्डसँग खेल्ने निश्चित छ भने बाँकी पाँच टिमको टुङ्गो लाग्न बाँकी छ।

सम्बन्धित समाचार