२०८३ बैशाख ३ गते , विहीबार
२०२६ को विश्वकप फुटबलमा ४८ देश सहभागी हुने
झापा । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ देशले सहभागिता जनाउने भएका छन्। यस अघि ३२ राष्ट्रले सहभागिता जनाउदै आएका थिए।
फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ। जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गएराति अनुमोदन गरेको हो।
नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। हरेक समूहमा ४ टोली हुने छन्। समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन्। यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन्।
२०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछ। २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछ। १६ शहरमा विश्वकप आयोजना हुनेछ।