२०८३ बैशाख ३ गते , विहीबार

झापामा प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

sajilo news
झापा
२०७९ फाल्गुन २९ गते , सोमबार
झापामा प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

झापाको बिर्तामोडमा सोमबारदेखि चौथो संस्करणको कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोसी प्रदेश सभा सदस्य एकराज कार्कीले गरेका छन् । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

लायन्स क्लब अफ अनारमनि र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीका अनुसार प्रतियोगिताका विजेता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै  द्वितीय हुने टिमले नगद ३० हजार ट्रफी र प्रमाणपत्र  र तृतीय हुने टिमले सात हजार पाँच सय नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै भेट्रान तर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजयीले नगद ३० हजार , द्वितीयले १५ हजार र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लब अफ अनारमनिका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगितामा ३६ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक लोरेन्स विष्टले बताए ।  प्रतियोगितामा झापा सहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरी लगायतका जिल्लाबाट खेलाडीहरू सहभागी छन् । लायन्स क्लब अफ अनारमनिका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको खेल मेहरमान स्मृति प्रतिष्ठानको कबडहलमा भइरहेको छ । 

सम्बन्धित समाचार