२०८३ बैशाख ७ गते , सोमबार

चैत ४ गतेबाट इटहरी गोल्डकप 

sajilo news
झापा
२०७९ फाल्गुन २६ गते , शुक्रबार
चैत ४ गतेबाट इटहरी गोल्डकप 

१३ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटलब आगामी चैत ४ गतेबाट हुने भएको छ । इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकप एक सातासम्म चल्ने आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।

इटहरी रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । इटहरी उपमहानगरपालिकाको संयोजन रहेको प्रतियोगितामा बिभागीय टिम त्रिभुवन आर्मी क्लब, चर्ज ब्वाईज, मछिन्द्र क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, रोलिङ क्लब झापा, डिफेण्डिङ च्याम्पियन सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लब गरी १० टिमको सहभागीता रहने छ ।

सम्बन्धित समाचार