२०८३ बैशाख २४ गते , विहीबार

ब्राउन सुगरसहित दुईजना पक्राउ

sajilo news
झापा
२०७९ फाल्गुन २४ गते , बुधबार
ब्राउन सुगरसहित दुईजना पक्राउ

झापामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका- ५ बस्ने २२ वर्षीय देवेन्द्र चौधरी (समीर) र मेचीनगर नगरपालिका- १० धुलाबारी बस्ने २४ वर्षीय खातिबुल महमद रहेका छन् ।

बुधवार बिहान साढे ११ बजेको समयमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका- १ स्थित लसुनामा समीरलाई चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान गरिरहेको छ ।

त्यस्तै बुधवार दिउँसो ४:४५ बजेको समयमा मेचीनगर नगरपालिका- ६ मेची पुलमा इलाका प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले महमदलाई चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार