२०८३ बैशाख ५ गते , शनिबार

ए डिभिजनमा आज तीन खेल हुँदै

sajilo news
झापा
२०७९ फाल्गुन २१ गते , आईतबार
ए डिभिजनमा आज तीन खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।  साविक विजेता मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबसँग खेल्दैछ। प्रि सिजनमा उच्च प्रदर्शन गरेको मच्छिन्द्र जितका साथ उपाधि रक्षाको यात्रा सुरु गर्ने लक्ष्यमा छ। ​ लिग अघि प्रवेश कटुवालको टिमले दुई नक आउट फुटबल प्रतियोगिताको उपाधि जितेको थियो। मच्छिन्द्रले सर्लाहीमा भएको राजर्षी गोल्डकप र केपी ओली कपको उपाधि जितेको छ। 

मच्छिन्द्रले भद्रपुर झापा गोल्ड कपको उपाधि भने त्रिभुवन आर्मी क्लबसँग गुमाएको थियो। गत सिजन मच्छिन्द्रले अपराजित रहँदै उपाधि जितेको थियो।

जावलाखेलले नवौँ स्थानमा लिग टुंग्याएको थियो। यी दुईबीचको खेल  त्रिपुरेश्वरस्थित दशरगथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।  त्यसअघि दिउँसो साढे २ बजे दशरथ रंगशालामै हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा आमनेसामने हुनेछन्।  यही समयमा ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लब भिड्नेछन्। 

सम्बन्धित समाचार