२०८३ बैशाख ५ गते , शनिबार

काँकडभिट्टालाई हराउँदै क्यामरुन बन्यो बुढासुब्बा गोल्डकप च्याम्पियन

sajilo news
झापा
२०७९ फाल्गुन २१ गते , आईतबार
काँकडभिट्टालाई हराउँदै क्यामरुन बन्यो बुढासुब्बा गोल्डकप च्याम्पियन

२३औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो । एभिनियरको जितमा सब्बा अलीले खेलको ६५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधि विजेता एभिनियरले नगद १० लाख र उपविजेता काँकडभिट्टाले ५ लाख हात पारेका छन् ।

अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी फुटबल टिम एभिनियर फाइनलमा पुगेको थियो भने पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ क्लब युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनल खेल खेलेको थियो ।फागुन १३ गतेदेखि शुरु भएको गोल्डकपमा ३ विदेशीसहित ८ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार