२०८३ बैशाख २४ गते , विहीबार

मेची पुलबाट ब्राउन सुगरसहित युवायुवती पक्राउ

sajilo news
झापा
२०७९ फाल्गुन १९ गते , शुक्रबार
मेची पुलबाट ब्राउन सुगरसहित युवायुवती पक्राउ

मेची पुलबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित युवायुवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- ६ गैरीगाउँ बस्ने २० वर्षीया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका- ११ बुट्टावारि बस्ने ३६ वर्षीय सागर गिरी रहेका छन् । बिहीबार साँझ साढे ६ बजेको समयमा इलाका प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी दर्जीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्यसैगरी बिहीबार साँझ ६:४५ बजेको समयमा मेचीनगर नगरपालिका- ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका गिरीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार