२०८३ बैशाख २४ गते , विहीबार
स्रोत नखुलेको ७ लाख २० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ
मोरङको विराटनगरबाट श्रोत नखुलेको अवैध भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियानाका ३० वर्षीय सन्नी गुप्ता र ३४ वर्षीय सुरेन्द्र कुमार रहेका छन् ।
हिजो राती ११ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी गस्ती टोलीले शङ्कास्पद अवस्थामा रहेका दुवै जनालाई चेक जाँचको क्रममा उनीहरूको साथबाट श्रोत नखुलेको भारतीय रुपैयाँ ७ लाख २० हजार बरामद गरेको हो । श्रोत नखुलेको अवैध रकम बरामद भएसँगै पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।