२०८३ बैशाख २४ गते , विहीबार

बिर्तामोडबाट लागु औषधसहित दुई जना पक्राउ

sajilo news
झापा
२०७९ फाल्गुन १७ गते , बुधबार
बिर्तामोडबाट लागु औषधसहित दुई जना पक्राउ

झापाको बिर्तामोडबाट लागु औषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो बिर्तामोड–४ पश्चिम स्टेन स्थित शङ्कास्पद अवस्थामा बसिरहेका सप्तरी राजविराज नगरपालिका–७ का ३५ वर्षीय महमद नसिम र सिराहा सखुवान कर्कटी गाउँपालिका–२ का २० वर्षीय शिव शङ्कर यादवलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्दा उनीहरूको साथबाट खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ करिब १२ ग्राम फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागु औषधसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार