२०८३ बैशाख ३ गते , विहीबार

मच्छिन्द्रले उचाल्यो केपी ओली कपको उपाधि

sajilo news
झापा
२०७९ फाल्गुन १७ गते , बुधबार
मच्छिन्द्रले उचाल्यो केपी ओली कपको उपाधि

केपी ओली कप राष्ट्रिय फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ।  सातदोबाटो यूथ क्लबलाई ट्राइब्रेकरमा ५-३ ले मच्छिन्द्रले उपाधि जितेको हो। निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेला ट्राइब्रेकरमा पुगेको थियो। 

फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको थियो।

सेमिफाइनलमा अर्को विभागीय महारथी त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सातदोबाटो पहिलो संस्करणको फाइनलमा पुगेको हो। यस्तै, पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडलाई २ १ ले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको थियो।

आयोजक केपी एफसीलाई १ ० ले पराजित गर्दै मच्छिन्द्र फाइनलमा पुगेको थियो।  उपाधि विजेता मच्छिन्द्रले १० लाख र उपविजेता सातदोबाटोले पाँच लाख नगद प्राप्त गरेका छन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदीयमान खेलाडीलाई ५० प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार