२०८३ बैशाख ३ गते , विहीबार
काराबाओ कप उपाधि म्यानचेस्टर युनाइटेडले जित्यो
काराबाओ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ। गएराति लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा न्यु कासल युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै युनाइटेडले ६ वर्षपछि उपाधि चुमेको हो।
युनाइटेडको जितमा खेलको ३३ औं मिनेटमा कासिमिरोले गोल गरे भने ३९ औं मिनेटमा सेभेन बोटम्यानले आत्मघाती गोल गरे। योसँगै युनाइटेड २–० ले विजयी भयो।
यसअघि युनाइटेडले २०१७ मा युरोपा लिग जितेको थियो। जोसे मोरिन्होको नेतृत्वमा उपाधि जितेयता युनाइटेड उपाधिविहीन थियो। युनाइटेडले कारबाओ कप फुटबलको उपाधि छैटौँपटक जितेको हो।