२०८३ बैशाख ३ गते , विहीबार

अष्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि 

sajilo news
एजेन्सी
२०७९ फाल्गुन १५ गते , सोमबार
अष्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि 

अष्ट्रेलियाले आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि छैटौँ पटक जितेको छ। केपटाउनमा आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो।

अष्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो।

दक्षिण अफ्रिकाका लागि लोरा वालभाल्टले ४८ बलमा ६१ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरिन्। चलोइ ट्रायोनले २५ तथा मरिजानी कप्पाले ११ रन बनाइन्।  अष्ट्रेलियाका लागि जीस जोनासेन,ड्रासिक ब्राउन,मिगान स्कुट र एशले गार्डनिरले समान १–१ विकेट लिइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि बेथ मुन्नीले ५३ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७४ रन बनाइन्। एशले गार्डनिर २९ रनमा आउट हुँदा अस्लेसा हिल्लीले १८ रन बनाइन्। दक्षिण अफ्रिकाका लागि मरिजानी कप्पा र शबनिम स्मालीले समान २–२ विकेट लिइन्। 

सम्बन्धित समाचार