२०८३ बैशाख ३ गते , विहीबार

धरानलाई हराउँदै भारत बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा 

sajilo news
झापा
२०७९ फाल्गुन १३ गते , शनिबार
धरानलाई हराउँदै भारत बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा 

घरेलु टोली धरान फुटबल क्लबलाई हराउँदै युकेएफसी भारतले २३ औँ बुढासुब्बा गोल्डकपमा विजयी सुरुवात गरेको छ। धरान रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीलाई हराउँदै युकेएफसीले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि टाईब्रेकर रोजिएको थियो।

आयोजक टोलीका रिवश मास्कले गोल गर्न चुक्दा धरान ५–४ गोल अन्तरले पराजित बन्दै क्वार्टरफाइनलबाट बाहिरिएको हो। युकेएफसीको जितमा गोलरक्षक मनोज प्रधान भाग्यमानी सावित भए। उनले रिवशको प्रहार बचाएका थिए। प्लेयर अफ दि म्याच विजेता टिमका गोलरक्षक प्रधान घोषित भए। उनले नगद ३५ हजार प्राप्त गरे।

आइतबारको दोस्रो क्वार्टरफाइनल खेल बागमती युवा क्लब सर्लाही र एभेनियर फुटबल क्लब क्यामरुनबीच हुनेछ। फागुन २० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ। उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने जनाइएको छ।

विगतमा उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउँदै आएका थिए। प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ।

सम्बन्धित समाचार