२०८३ बैशाख ३ गते , विहीबार
नेपाल आज सिंगापुरसँग खेल्दै
आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले शुक्रबार आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । युएईमा खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेबाट सुरू हुनेछ ।
लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएई पुगेको नेपाली टोली जितका साथ प्रतियोगिता सुरू गर्न चाहन्छ ।
प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।