२०८३ जेष्ठ १० गते , आईतबार

आज सोमबारे औँसी

sajilo news
झापा
२०७९ फाल्गुन ८ गते , सोमबार
आज सोमबारे औँसी

सोमबारे औँसी। औँसी तिथि र सोमबार एकै दिन परेको दिनमा सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्। यस्तो संयोग परेको दिनलाई मौनी औासी पनि भनिन्छ

वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ। पुराण र ज्योतीषीय ग्रन्थमा भने सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ। यो दिन तुलसी वा पिपलको पूजा गर्ने र प्रदक्षिणा गर्ने विधान छ।

सोमबार औँसी तिथि अपराह्न १ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि फाल्गुण शुक्ल प्रतिपदा आरम्भ हुने पञ्चांगमा उल्लेख छ।

सम्बन्धित समाचार