अनेरास्ववियूको शिविरमा ३११ जनाको आँखा जाँच
काँकडभिट्टा । ’आफ्नो आँखाको रक्षा गर’ भन्ने मूल नाराका साथ अनेरास्ववियू काँकडभिट्टा बहुमुखी क्याम्पसले एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
काँकडभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा आयोजित शिविरमा ३११ जनाले आँखा जाँच गराएका थिए जसमध्ये ३५ जनाको आँखा सम्बन्धी रोगको पहिचान भएको र उक्त बिरामीको शल्यक्रिया गर्नुपर्ने काँकडभिट्टा आई केयर सेन्टरका प्राविधिक प्रज्वल भट्टराईले बताए ।
शिविरमा आँखाको समस्या पहिचान भई निःशुल्क शल्यक्रिया गर्न पाउने भएपछि एक बिरामीले हर्षका आँसु खसाल्दै अनेरास्ववियू काँकडभिट्टा बहुमुखी क्याम्पस र अस्पताललाई धन्यवाद दिए । ‘अस्पतालमा रुपैयाँ तिर्नु परेको भए ८-१० हजार खर्च हुने रैछ, आफू गरिब अन्धो भएर मरिन्छ भन्ने लागेको थियो, अनेरास्ववियूले संसार देख्न मद्दत गर्यो’, उनले भने ।
अनेरास्ववियू काँकडभिट्टा बहुमुखी क्याम्पसका अध्यक्ष बिनम सरदारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका राष्ट्रिय परिषद् सदस्य शङ्कर थापा, विशिष्ट अतिथि काँकडभिट्टा बहुमुखी क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेती, नेकपा एकीकृत समाजवादीका झापा सचिव बिपी भट्टराई, नेकपा एस झापा जिल्ला सरकारी कर्मचारी सङ्गठन अध्यक्ष नीरज कट्टेल, नेकपा एसका मेचीनगर अध्यक्ष हरि तिम्सिना, अनेरास्ववियू झापा अध्यक्ष हरि भट्टराई, अनेरास्ववियू झापा उपाध्यक्ष बिनम सरदार, अनेरास्ववियू झापा सहसचिव अनुषा अर्याल, अनेरास्ववियू झापा सदस्य विश्वास दाहाललगायतको विशेष उपस्थिति रहेको थियो । अनेरास्ववियू झापा सहसचिव अनुषा अर्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन विश्वास दाहालले गरेको थिए ।