२०८३ बैशाख ३ गते , विहीबार

रोटरी क्लबद्वारा दुई दिवसीय छात्र भलिबल प्रतियोगिता सुरु

sajilo news
झापा
२०७९ माघ २५ गते , बुधबार
रोटरी क्लबद्वारा दुई दिवसीय छात्र भलिबल प्रतियोगिता सुरु

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा दुई दिवसीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू-२०) बुधवारदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघका  उपाध्यक्ष किशोर क्षेत्री (कपिल) ले गरेका थिए ।                

मेचीनगर- १० स्थित हिमायन इङ्गलिस एकेडेमीको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा नगरका १२ वटा विद्यालयका विद्यार्थीहरूको टिमले प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रतियोगितामा हिमायन इङ्गलिस एकेडेमी, फाइभस्टार इङ्लिस बोर्डिङ स्कुल, युनिक इङ्लिस बोर्डिङ स्कुल, होलिबेल इङ्लिस बोर्डिङ स्कुल, दुर्गा इङ्लिस बोर्डिङ स्कुल, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, काँकडभिट्टा मावि, थेसिस इङ्लिस बोर्डिङ स्कुल, सिताराम सामुदायिक विद्यालय, पशुपति इङ्लिस बोर्डिङ स्कुल, सनसाइन इङ्लिस बोर्डिङ स्कुल र  धुलाबारी मावि रहेका छन् ।

रोटरी क्लब अफ मेचीनगर अध्यक्ष अनन्त प्रकाश बस्तीको अध्यक्षतामा आयोजना भएको दुई दिवसीय छात्र भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा हिमालयन इङ्लिस एकेडेमीका प्रिन्सिपल जगत् बहादुर तामाङलगायतको आतिथ्य रहेको थियो । हिमायन इङ्गलिस एकेडेमी, मेचीनगर-१० को प्रायोजक रहेको प्रतियोगिता बिहीबार (भोलि) समापन हुने आयोजक समितिका सदस्य आयुसमान निरौलाले जानकारी दिए ।  कार्यक्रम संयोजक योगेन्द्र प्रसाद आचार्यले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव कृष्ण काफ्लेले गरेका थिए ।

सम्बन्धित समाचार