२०८३ बैशाख ५ गते , शनिबार

मेस्सी र हाकिमीको गोलले पीएसजीको सहज जित

sajilo news
झापा
२०७९ माघ २२ गते , आईतबार
मेस्सी र हाकिमीको गोलले पीएसजीको सहज जित

फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले टोउलोउसेलाई पराजति गर्दै अंक तालिकाको शीर्ष स्थानमा कायमै छ।  गएराति सम्पन्न खेलमा पिएसजीले टोउलोउसेलाई २-१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा आचर्फ़ हाकिमी र लियोनल मेस्सीले एक एक गोल गरेका थिए। 

त्यस्तै टोउलोउसेका लागि ब्रान्को बूमेनले एक गोल गरे। यो जितपछि पिएसजीको २२ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ।  टोउलोउसेको २२ खेलमा २९ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ।

सम्बन्धित समाचार