२०८३ बैशाख २४ गते , विहीबार

रोटरी क्लबमा दिए ३६ जनाले रगत

sajilo news
झापा
२०७९ माघ २१ गते , शनिबार
रोटरी क्लबमा दिए ३६ जनाले रगत

मेचीनगर ।  रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा मेचीनगरका ३६ जनाले रगत दान गरेका छन् । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्दै रोटरी क्लब अफ मेचीनगरले मेची उद्योग वाणिज्य सङ्घ अगाडि शनिवार आयोजना गरेको रक्तदान जीवनदान कार्यक्रममा ३ महिलासहित ३६ जनाले रगत दिइएका थिए । उनीहरूलाई आयोजक तर्फबाट प्रमाणपत्र प्रदान गरिएको आयुष्मान् निरौलाले जानकारी दिए ।  

रोटरी क्लब अफ मेचीनगर अध्यक्ष अनन्त प्रकाश बस्तीको अध्यक्षतामा आयोजना भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा प्रमुख कुसुम कोइरालालगायतको आतिथ्य रहेको थियो । नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा सह-आयोजक रोट्रयाक्ट क्लब अफ मेचीनगर रहेको थियो ।

सम्बन्धित समाचार