जागरण कृषि समूहलाई १० लाखको कृषि सामग्री अनुदान
झापाको बुद्धशान्ति गाउँपालिका- १ स्थित जागरण कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । प्रदेश नं. १ कृषि मन्त्रालयबाट प्राप्त भएको अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान १ पाङ्ग्रे ठेला गरी १० लाख बराबरको कृषि सामग्री आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको थियो ।
कृषि समूहका अध्यक्ष शिव बहादुर गिरीको अध्यक्षता, प्रदेश नं. १ का निवर्तमान कृषि मन्त्री झलक सिंह दर्लामीको प्रमुख आतिथ्य त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँ, बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, स्थानीय समाजसेवी खड्ग तिम्सिना, रोशन तिम्सिना, दधिराम रिमाल, सरोज घिमिरे लगायतको आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशव पुरीले गरेका थिए ।
यस भन्दा अघि पनि निवर्तमान कृषि मन्त्री झलक सिंह दर्लामीकै विशेष पहलमा बुद्धशान्तिका विभिन्न क्षेत्रहरूमा लाखौँका कृषि सामग्री हस्तान्तरण गरिएको थियो ।