२०८३ बैशाख ३० गते , बुधबार
स्कुटर चोर्दाचोर्दै एक जना समातिए
सुनसरीको इटहरी उपमहानगरपलिका १३ बाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्दिवास नगरपालिका- २ महोत्तरीका ३० वर्षीय राम दुलार महतो रहेका छन् ।
बुधबार बेलुका इटहरी- १३ का रोशन चौधरीको घर अगाडी पार्किङ गरी राखेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी गरी लादै गरेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई जिम्मा लगाएका थिए । पक्राउ परेका महतोलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।