२०८३ बैशाख ३१ गते , विहीबार

झापामा दिउँसै घरको ढोका फुटाएर ७ तोला सुन र नगद चोरी 

sajilo news
झापा
२०७९ पौष १९ गते , मंगलबार
झापामा दिउँसै घरको ढोका फुटाएर ७ तोला सुन र नगद चोरी 

झापामा एक घरको ढोका फुटाएर दिउँसै सुन तथा नगद चोरी भएको छ ।  कनकाई नगरपालिका- १ स्थित जामुनवारी निवासी भरतराज अधिकारीको घरबाट  सुन तथा नगद चोरी भएको प्रहरीले जनाएको छ ।

घरका सदस्यहरू बिर्तामोड गएको वेला घरको पछाडिको ढोकाको ताला फुटाएर कोठामा रहेको ७ तोला सुन, १० हजार नगद र केही कागजात चोरी भएको घरधनीकी छोरी सदिक्षा अधिकारीले जानकारी दिए । यता प्रहरीले सिसी टिभीको फुटेजलाई समेत आधार चोरी कार्यमा संलग्नको व्यक्तिको खोजी कार्य गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार