२०८३ बैशाख ३० गते , बुधबार

साथीको घरमा पाहुना गएका यादवको मृत्यु

sajilo news
मोरङ
२०७९ पौष १९ गते , मंगलबार
साथीको घरमा पाहुना गएका यादवको मृत्यु

विराटनगर महानगरपालिका-४ स्थित साथीको घरमा पाहुना गएका एक जना युवकको सोमबार राति मृत्यु भएको छ । विराटनगर- १३ का २१ वर्षीय सौरव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव आफ्ना साथी अनोज चौधरीको घर गएका थिए । अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले राति ८ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । यादवको मृत्युको कारण खुल्न बाँकी छ । उनी लागू औषधका सेवनकर्ता रहेको दाबी प्रहरीको छ । लागू औषधको मात्रा धेरै भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित समाचार