२०८३ बैशाख ३ गते , विहीबार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

sajilo news
झापा
२०७९ पौष १७ गते , आईतबार
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य सूची बढेर आएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर प्राप्त भएको छ । मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार