लागू औषधसहित चार जना पक्राउ
मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागू औषधसहित चार जना पक्राउ परेका छन् । शनिवार अपराह्न ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका- १२ मा चेकजाँचको क्रममा इटहरी उपमहानगरपालिका- १६ का मनिष राईको साथबाट AVIL–26, DIAZEPAM–20, DIAZELAB–5 र स्टिकर नभएको २५ एम्फुल फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका- १६ हुलास चौकमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २ ह ५१९३ नम्बरको अटो भित्र नाईट्राभेट ५० ट्याब्लेट फेला पारी चालक विराटनगर-१२ का ३३ वर्षीय महेन्द्र कामत, अटोमा सवार इटहरी- ३ का २५ वर्षीय अभिषेक परियार र सुन्दरहरैचा- १० का २३ वर्षीय दीपेश थापालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।