२०८३ बैशाख ५ गते , शनिबार

भाल्लाडोलिडलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

sajilo news
एजेन्सी
२०७९ पौष १६ गते , शनिबार
भाल्लाडोलिडलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा रियल मड्रिडले रियल भाल्लाडोलिडलाई पराजित गरेको छ । जोस जोरिल्ला स्टेडियममा भएको खेलमा मड्रिडले भाल्लाडोलिडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जित दुबै गोल करिम बेन्जिमाले गरे । खेलको ८२ औं मिनेटमा सेर्जियो लोनले रातो कार्ड पाएपछि भालाडोलिट १० खेलाडीमा समेटियो ।

८३ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को जित दिलाए ।

जितसँगै १५ खेलबाट ३८ मड्रिड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भालाडोलिड भने १७ अंक जोडेर तालिकाको १५ स्थानमा छ।

सम्बन्धित समाचार