२०८३ बैशाख ५ गते , शनिबार
भारतीय क्रिकेटर ऋषभ पन्त चढेको कार दुर्घटनाग्रस्त
भारतीय विकेटकिपर–ब्याटस्म्यान ऋषभ पन्त कार दुर्घटनामा परेर घाइते भएका छन्। उनी उत्तराखण्डको हरिद्वार जिल्लामा दुर्घटनामा पर्दा सामान्य घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
दिल्ली–देहरादुन हाइवेमा पन्त सवार कार डिभाइडरसँग ठोक्किएपछि उनी घाइते भएको समाचारहरुमा उल्लेख छ। ‘ऋषभ पन्त मन्ग्लौर नरसानको बीचमा दुर्घटनामा परेका छन्,’ ट्वीटमा भनिएको छ, 'उनलाई रुरकीको एक अस्पतालमा सामान्य उपचारपछि देहरादुन लगिएको छ।’ हाल उनको स्वास्थ्य स्थिति खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।