२०८३ असार १४ गते , आईतबार
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोरङको कटहरी गाउँपालिका–६ हुरहुरीयामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ८८८९ नम्बरको मोटरसाइकल राति ९:५० बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको धनपालथान गाउँपालिका–५ का ३५ वर्षीय सुरजकुमार सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको कार्कीले बताए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ ।