२०८३ असार १४ गते , आईतबार

काँकडभिट्टा बसपार्क व्यवस्थित बनाउन पहल सुरु

sajilo news
झापा
२०७९ पौष ९ गते , शनिबार
काँकडभिट्टा बसपार्क व्यवस्थित बनाउन पहल सुरु

मेचीनगर । मेचीनगर नगरपालिकाले काँकडभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धी पहल सुरु गरेको छ । नेपालको पूर्वी प्रवेशद्वारसँगै रहेको काँकडभिट्टा बसपार्क विगत केही वर्षयता अस्तव्यस्त बनिरहेको छ । बसपार्क अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेको भन्दै त्यसको समाधानका लागि नगरपालिकाले पहल थालेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।  

शनिवार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्वी बस व्यवसायी प्रालि अध्यक्ष विष्णु श्रेष्ठ, काँकडभिट्टा ट्राफिक पोस्ट प्रमुख लीला श्रेष्ठलगायतको टोलीले काँकडभिट्टा बसपार्क अनुगमन गर्नुका साथै समस्या समाधान सम्बन्धी अन्तरक्रिया समेत गरेको छ।

सम्बन्धित समाचार