२०८३ बैशाख २४ गते , विहीबार

दमक अस्पतालको ल्याब सेवा पाँच दिनदेखि अवरुद्ध

sajilo news
झापा
२०७९ मंसीर २६ गते , सोमबार
दमक अस्पतालको ल्याब सेवा पाँच दिनदेखि अवरुद्ध

दमक । दमक नगरपालिका- १ स्थित दमक अस्पतालको सेवा पाँच दिनदेखि अवरुद्ध भएको छ । अस्पतालको रगत परीक्षण गर्ने प्रयोगशालामा उपकरण बिग्रिदा मसिर २२ गतेदेखि सेवा अवरुद्ध भएको हो  । जस कारण बिरामीहरू समस्या परेका छन् ।

अस्पतालका ल्याब टेक्निसियन निरीक्षक लोकनाथ पौडेलका अनुसार उपकरणमा समस्या देखिएपछि काठमाडौँबाट प्राविधिक बोलाएर मर्मत कार्य भइरहेको बताए ।  मर्मतका लागि खटिएका प्राविधिकलाई अकस्मात् पारिवारिक शोक परेपछि अर्को प्राविधिक बोलाएर उपकरण बनाउनु पर्दा केही ढिला सुस्ती भएको उनले बताए ।

'हामी निरन्तर उपकरण बनाउने काममा जुटेका छौँ, छ्ट्टिै ल्याब सञ्चालनको तयारीमा छौँ,' उनले भने । अस्पतालमा दैनिक ३ सयदेखि ४ सयसम्म बढी बिरामीको रगतको नमुना परीक्षण गर्नुपर्ने हुन्छ । एक पटकमा ४० नमुना परीक्षण गर्न सक्ने क्षमताको उपकरण अस्पतालमा छ । एक पटक परीक्षणका लागि मेसिनमा हालिएको रगतको नमुना परीक्षण पूरा हुन २ घण्टा लाग्छ । त्यसैले यहाँ जनशक्ति थपिँदा मात्रै छिटोछरितो  सेवा दिन सकिने उनको भनाइ छ । 

 

सम्बन्धित समाचार