२०८३ बैशाख ३० गते , बुधबार

बाल यौन दुर्व्यवहारको आरोपमा आयुर्वेदिक वैद्य पक्राउ

sajilo news
झापा
२०७९ मंसीर २६ गते , सोमबार
बाल यौन दुर्व्यवहारको आरोपमा आयुर्वेदिक वैद्य पक्राउ

प्रहरीले बाल यौन दुर्व्यवहारको आरोपमा सोलुखुम्बुमा एक आयुर्वेदिक वैद्य पक्राउ गरेको छ । सर्लाही बरहथवा नगरपालिका-१७ घर भई आरोग्य केन्द्र सोताङमा कार्यरत्त वर्ष ४० का राधेश्याम प्रसाद शाह परेका हुन् ।

शाहमाथि सोताङ गाउँपालिकाकै एक १० वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । शुक्रबार पक्राउ परेका शाहविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित समाचार