२०८३ बैशाख ९ गते , बुधबार
पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा, रच्यो इतिहास
दोहा । योसुफ एन–नेसेरीका निर्णायक गोलप्रेरित मोरक्को क्वार्टरफाइनलमा पोर्चुगललाई १–० को नतिजामा पराजित गर्दै फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ।
विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी मुलुकबाहेक सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। यसअघि सन् २००२ मा दक्षिण कोरिया र १९३० मा अमेरिका सेमिफाइनलमा पुगेका थिए।
अल थुमामा रंगशालामा भएको खेलको ४३औं मिेनटमा अटियाट अलाहले दिएको क्रसमा हेडरमार्फत एन–नेसेरी उत्कृष्ट गोल गरेका थिए। पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेजले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। मोरक्कोले सेमिफाइनलमा आज राति नै हुने फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।