२०८३ बैशाख ९ गते , बुधबार

स्वीट्जरल्यान्डविरुद्ध पोर्चुगलको आधा दर्जन गोल, सहजै क्वाटरफाइनलमा

sajilo news
झापा
२०७९ मंसीर २१ गते , बुधबार
स्वीट्जरल्यान्डविरुद्ध पोर्चुगलको आधा दर्जन गोल, सहजै क्वाटरफाइनलमा

पोर्चुगल फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो। पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे।  पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल थपे।  स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए।

खेलको १७ औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। जोआ फेलिक्सको पासमा उनले उत्कृष्ट गोल गरे। खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए। ब्रुनो फर्नान्डेसमा पासमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे।

५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो। उनले डिएगो डालोटको पासलाई सदुपयोग गरे। खेलको ५५ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई ४-० को अग्रता दिलाए। राफायलले रामोसको पासमा गोल गरेका हुन्। ५८ औं मिनेटमा एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई ४-१ को स्थितिमा ल्याए।

खेलको ६७ औं मिनेटमा रामोसले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ५-१ को अग्रता दिलाए। जोआ फेलिक्सको पासमा गोल गर्दै २१ वर्षीय रामोसले ह्याट्रिक पूरा गरेका हुन्। उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्। पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो।

त्यसपछि खेलको इन्जुरी समयमा सब्सिच्युडको रुपमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६-१ को सानदार जित दिलाए। उनी ८७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान छिरेका थिए। अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ।

सम्बन्धित समाचार