२०८१ चैत्र १४ गते , विहीबार

झापाको कनकाईमा प्रथम सन्थाल फुटबल प्रतियोगिता सुरु

sajilo news
झापा
२०७९ मंसीर २० गते , मंगलबार
झापाको कनकाईमा प्रथम सन्थाल फुटबल प्रतियोगिता सुरु

झापा र मोरङ जिल्लामा छरिएर रहेका सन्थाल युवालाई समेटेर सन्थाली फुटबल क्लब बनाउने उद्देश्यका साथ झापाको कनकाई माविको खेल मैदानमा प्रथम सन्थाल नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

झापा ४ का सङ्घीय सांसद एलपी साँवाको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले लगायतको आतिथ्य रहेको थियो । झापा र मोरङ जिल्लाका विभिन्न १६ टिमको सहभागिता रहेको प्रतियोगितामा आज भएको पहिलो खेलमा खालबाडी फुटबल क्लब गरामनिलाई २-० गोल अन्तरले हराउँदै एफसी फुटबल क्लब चन्द्रगढी विजयी भएको छ भने दोस्रो खेलमा डाब्हा फुटबल क्लब धरमपुर विजयी भएको छ । डाब्हाले अर्को टिम मदरगाछ फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै विजयी भएको छ । विजयी टिमका तर्फबाट आशिस र जोन मुमुले गोल गरेका थिए ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमशः नगद ३० हजार र २० हजार नगद र शिल्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष बाबुलाल मुर्मु बबले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल आगामी मंसिर २४ गते हुने छ ।

प्रतियोगिताबाट एउटा सन्थाल युवाको फुटबल टिम बनाइ सन्थाल युवाको खेल क्षेत्रको विकास र देशमा लोप हुन लागेको सन्थाली जातिको पहिचानलाई देश विदेशभर फैलाउने उद्देश्य रहेको झापा मोरङ सन्थाल फुटबल क्लबका अध्यक्ष बाबुलाल मुमुले बताए। हामीले सन्थाली भाषा संस्कृति र पहिचानको संरक्षण गर्दै सन्थाली युवाको सशक्तीकरण काम गर्दै जाने उनको भनाई छ । 

सम्बन्धित समाचार