२०८३ बैशाख २४ गते , विहीबार

दमकमा एनआरएनएको स्वास्थ्य शिविर

sajilo news
झापा
२०७९ मंसीर १९ गते , सोमबार
दमकमा एनआरएनएको स्वास्थ्य शिविर

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनमा झापाको दमकमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा आयोजित शिविरमा एक सय ५० भन्दा बढीले सेवा लिएका थिए ।

शिविरमा मिर्गौला, मधुमेह, हृदय रोग र उच्च रक्तचापसम्बन्धी बिरामी सहभागी थिए भने ३० भन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकले चिकित्सा परामर्श प्रदान गरेका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सञ्जीव शर्माले स्वास्थ्य शिविरमा आउने व्यक्तिको मुटुमा भएको रोग पत्ता लगाउन मद्दत गर्ने इको कार्डियोग्राफी गराएका थिए ।

शिविरमा एनआरएनए स्वास्थ्य समितिका डा. सागर पौडेल र डा.सञ्जीव सापकोटाले पनि स्वास्थ्य सेवा प्रदान गरेका थिए । एनआरएनए स्वास्थ्य समितिको गत साता सम्पन्न बैठकले झापा, मोरङ, सुनसरी र गाईघाटमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार