२०८१ चैत्र १४ गते , विहीबार

विश्वकप फुटबल : आज जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया भिडने

sajilo news
एजेन्सी
२०७९ मंसीर १९ गते , सोमबार
विश्वकप फुटबल : आज जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया भिडने

दोहा । फिफा विश्वकप फुटबलमा सोमबार अन्तिम १६ अन्तर्गतका दुई खेल हुँदैछन्। कतारको अल जानुब स्टेडियममा पौने ९ बजे हुने पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। 
जापान समूह ‘ई’ बाट  विजेता र  क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। यस्तै राति पौने १ बजे ब्राजिल र दक्षिण कोरियाबीच खेल हुनेछ । खेल कतारको स्टेडियम ९७४ मा तय भएको छ। ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह  ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। 

सम्बन्धित समाचार