२०८१ माघ २५ गते , शुक्रबार
विश्वकप नकआउट चरण आजदेखि, नेदरल्याण्ड्स र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलियाबीच भिडन्त

दोहा । कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ (नकआउट चरण) का खेल सुरु हुँदैछ। शनिबार दुई खेल हुनेछन्। अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ। नेदरल्याण्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिका समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।
यस्तै राति पौने १ मा हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।