२०८१ माघ २७ गते , आईतबार

ब्राजिल क्यामरुनसँग पराजित, सर्बियालाई हराउँदै स्विट्जरल्याण्ड नकआउट चरणमा

sajilo news
एजेन्सी
२०७९ मंसीर १७ गते , शनिबार
ब्राजिल क्यामरुनसँग पराजित, सर्बियालाई हराउँदै स्विट्जरल्याण्ड नकआउट चरणमा

दोहा । एक खेलअगावै नकआउट चरण पुगिसकेको ब्राजिल समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग पराजित भएको छ। शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित भए पनि ब्राजिल समूह विजेताकै रुपमा अन्तिम १६ मा पुगेको हो।

कतारको लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले गोल गरे। उनले खेलको इन्जुरी समयमा गोल गरेका हुन्। त्यसअघि क्यामरुनविरुद्ध ब्राजिलले गोल गर्ने केही अवसर गुमाएको थियो। क्यामरुनले पनि गोलको केही अवसरको सदुपयोग गर्न सकेन। यससँगै तीन खेलमा ६ अंक जोडेर ब्राजिल शीर्ष स्थानमा रह्यो। तीन खेलमा ४ अंक जोडे पनि क्यामरुन समूह चरणबाट बाहिरिएको छ।

यता स्विट्जरल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। कतारको स्टेडियम ९७४ मा गएराति भएको खेलमा सर्बियालाई ३–२ले हराउँदै स्विट्जरल्याण्ड अन्तिम १६ मा पुगेको हो । खेलको २० औँ मिनेटमा शेरदान शाकिरीले गोल गर्दै स्विट्जरल्याण्डलाई सुरुआती अग्रता दिलाए। २६ औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १–१ गोलको बराबरीमा ल्याए।

स्विट्जरल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। कतारको स्टेडियम ९७४ मा गएराति भएको खेलमा सर्बियालाई ३–२ले हराउँदै स्विट्जरल्याण्ड अन्तिम १६ मा पुगेको हो ।

खेलको २० औँ मिनेटमा शेरदान शाकिरीले गोल गर्दै स्विट्जरल्याण्डलाई सुरुआती अग्रता दिलाए। २६ औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १–१ गोलको बराबरीमा ल्याए।

३५ औँ मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए। ४४ औँ मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई २–२ को बराबरीमा ल्याए। ४८ औँ मिनेटमा रिमो फ्रयूलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई ३–२ को जित दिलाए।

यससँगै तीन खेलमा ६ अंक जोडेर स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। तीन खेलमा १ अंक जोडेर सर्बिया बाहिरिएको छ।

यससँगै तीन खेलमा ६ अंक जोडेर स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। तीन खेलमा १ अंक जोडेर सर्बिया बाहिरिएको छ।

सम्बन्धित समाचार