२०८३ असार १३ गते , शनिबार

झापामा सखुवा जातको गोलिया काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा 

sajilo news
झापा
२०७९ मंसीर १६ गते , शुक्रबार
झापामा सखुवा जातको गोलिया काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा 

झापा प्रहरीले अवैध सखुवा जातको गोलिया काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट र प्रहरी चौकी तिरिङबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार दिउँसो साढे २ बजे मेचीनगर नगरपालिका- १ गाडाँगल्लीस्थित पातापुरमा सखुवा जातको गोलिया काठ लोड गरिएको मे १ त ७८५४ र मे १ त ३७४० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीलाई देख्न साथ ट्याक्टर चालकहरू भाग्न सफल भए । दुई वटा ट्याक्टरबाट २५० क्यु फिट गोलिया काठ रहेको प्रहरीले जनाएको छ । मे १ त ३७४० नम्बरको ट्याक्टर १० लाख, मे १ त ७८५४ नम्बरको ट्याक्टर ८ लाख र गोलिया काठको २ लाख ५० हजार गरी २० लाख ५० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय भद्रपुर बुझाइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार