२०८३ असार १३ गते , शनिबार

अनधिकृत संरचना हटाउन मेचीनगर नगरपालिकाको ७ दिने अल्टिमेटम

sajilo news
झापा
२०७९ मंसीर १६ गते , शुक्रबार
अनधिकृत संरचना हटाउन मेचीनगर नगरपालिकाको ७ दिने अल्टिमेटम

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका अनधिकृत संरचना हटाउने भएको छ ।  नगरपालिकाले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका सार्वजनिक सम्पत्तिहरूको संरक्षण गर्नुपर्ने भन्दै अनधिकृत रुपमा प्रयोग भएका गरिएका सबै संरचना हटाउन लागेको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ नगरपालिकाको स्वामित्वमा रहेको सम्पत्ति कसैले प्रयोग गरेको अवस्था रहेमा, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको अतिक्रमण गरी उपभोग गरेको भएमा, अनधिकृत रुपमा विज्ञापन तथा होडिङ्ग बोर्ड राखेको भएमा, सडक क्षेत्राधिकार मिची अनधिकृत रुपमा संरचना निर्माण गरी अतिक्रमण गरेको भएमा सात दिन भित्रमा उक्त क्षेत्र खाली गर्न सक्नुहुने छ । सूचनाको अवज्ञा गर्नेलाई कानुन बमोजिम खाली गराउने सूचनामा उल्लेख छ । 

सम्बन्धित समाचार