२०८३ असार १३ गते , शनिबार

स्वागत नेपालको चुनावी खर्च ३ लाख ५४ हजार

sajilo news
झापा
२०७९ मंसीर १४ गते , बुधबार
स्वागत नेपालको चुनावी खर्च ३ लाख ५४ हजार

झापा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार स्वागत नेपालले आफ्नो चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन् । नेपालले निर्वाचनमा जम्मा खर्च ३ लाख ५४ हजार ८८५ रुपैयाँ खर्च भएको भन्दै खर्च विवरण आयोगमा बुझाएका हुन् । उनले आफ्नो चुनावी खर्चको सक्कल बिलसहितको विवरण आयोगमा बुझाएको जानकारी दिएका छन् ।

उनले आफ्नो खातामा सर्वसाधारणले स्वतःस्फूर्त सय–दुई सयदेखि हजार–दुई हजार गरी सहयोग गरेको उनले बताए । यसरी आफ्नो खातामा ३ लाख ३९ हजार ९२१ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् । त्यसमा आफूले १४ सय ९६४ रुपैयाँ थपेर जम्मा ३ लाख ५४ हजार ८८५ रुपैयाँ भएको र त्यो खर्च भएको उल्लेख गरेका छन् ।

एमालेका देवराज घिमिरेसँग दुई हजारबढी मतले नेपाल पराजित भएका थिए । घिमिरेले २८ हजार ६ सय ९७ र नेपालले २६ हजार ४ सय ४१ मत पाएका थिए ।

सम्बन्धित समाचार